राष्ट्रपति पौडेलको युरोप भ्रमण तय

काठमाडौँ, ३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । यसअघि नै तय भइसकेको युरोप भ्रमण भूकम्पका कारण स्थगित भएको थियो । गत कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण तय भएको थियो । मन्त्रिपरिषद्को बैठकले ती भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी…