राजनीति

नीति तथा कार्यक्रमले उत्साह जगाएको छ: मन्त्री पुन



काठमाडौँ, ३ जेठ । अर्थमन्त्री वर्षमान पुनले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।

बुधबार महासंघद्वारा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएको पुनको दाबी छ । नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने प्रतिबद्धता उनले व्यक्त गरे । उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको उनले बताए ।

उनले भने, ‘नीति कार्यक्रमले सबैमा उत्साह जगाएको छ । निजी क्षेत्रलाई पनि उत्साहित बनाएको छ । नीति कार्यक्रमअनुसारकै बजेट आउँछ । बजेटले नीति कार्यक्रम बोक्छ ।’