काठमाडौँ, १ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् । बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । छलफलमा सहभागी एक अगुवाले भने, ‘एमालेको भूमिकाबारे एकछिन छलफल भयो । राष्ट्रपतिज्यू एमालेको हिजोको निर्णयबाट असन्तुष्ट हुनुहुन्थ्यो…