काठमाडौँ, ३० असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी बैठक आज बिहान ८ बजेदेखि पुनः सुरु हुनेछ । बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए…