अर्थमन्त्रीद्वारा अमेरिकी उच्च पदस्थ अधिकारी र दातृनिकायसँग छलफल

काठमाडौँ, २९ असोज । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डी.सी.मा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आज संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग छलफल गरेका छन् । सो क्रममा नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार र लगानी प्रबर्द्धनका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ…