एमाले महाधिवेशन मंसिर अन्तिम साता

काठमाडौँ, २७ असोज । पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब बढेपछि एमालेले मंसिर अन्तिम साता ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरको गुन्डुमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले दुई महिनाभित्रै महाधिवेशन गर्ने निर्णय लिएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशन हुने स्थान र मिति केन्द्रीय कमिटी बैठकले तय गर्नेछ । केन्द्रीय कमिटी बैठक २९–३१ असोजमा हुँदै छ ।…