संक्रमणकालीन न्याय: पुरानै ऐनअनुसार सिफारिस समिति गठनको तयारीमा सरकार

काठमाडौँ, १३ चैत । सर्वोच्च अदालतले एक महिनाभित्र सिफारिस समिति गठन गरी लामो समयदेखि रिक्त सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको दुई साता लागिसक्यो । जानकारहरू भन्छन्, त्यसका लागि सर्वोच्च अदालतले आठ वर्षअघि गरेको आदेशअनुसार पहिला बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप…