काठमाडौँ, २० असोज । जेनजी मुभमेन्ट अलायन्स, विभिन्न जेनजीहरुको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ । राजीनामा नआए भोलि १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गराएर थप आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनीसमेत दिएका छन् । अलायन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै प्रमुख आयुक्त…