काठमाडौँ, १४ फागुन । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । आज बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन)मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ ।