नागरिकलाई हिँड्नसमेत रोक

काठमाडौँ, १६ फागुन । सरकारलाई खबरदारी गर्ने नागरिक मञ्च खुम्च्याउन सरकार झन्–झन् अनुदार हुँदै गएको छ । राजधानीका प्रमुख केन्द्रलाई चार महिनादेखि निषेधित क्षेत्र बनाएको सरकारले अब कतिपय स्थानका फुटपाथमा हिँड्नसमेत प्रतिबन्ध लगाएको छ ।  सुरक्षामा गम्भीर लापरबाही हुँदा लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह संसद् परिसरभित्र परेकामा आवश्यक रणनीति बनाउनुको सट्टा सरकारले संसद् भवन, सिंहदरबार र प्रधानमन्त्री…