काठमाडौँ, ९ फागुन । चार वर्षपछि हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिल्यै निर्णय नलिन सभापति शेरबहादुर देउवाले जोडबल लगाएका थिए । तर, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि देउवा महासमितिमा महामन्त्री गगन थापाको प्रस्ताव अघि बढाउन सहमत भएका हुन् । महामन्त्री थापाले अडान नछाडेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाललाई भेट्न सोमबार राति…