विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी नगदमा नराख्न अर्थ मन्त्रालयको आग्रह

काठमाडौँ, १६ असोज । अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न आग्रह गरेको छ ।  बुधबार राति अर्थमन्त्रालयले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत यस्तो आग्रह गरेको हो । विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न…