काबुल, १४ असोज । तालिबानले अफगानिस्तानमा देशभर टेलिकम सेवाहरू बन्द गरेको छ । इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सको रिपोर्ट अनुसार देश हाल पूर्ण रूपमा कनेक्टिभिटी ब्ल्याकआउटको अवस्थामा छ । राजधानी काबुलमा रहेको आफ्नो कार्यालयसँग सम्पर्क विच्छेद भएको एएफपीलगायत अन्तरराष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । केही हप्ताअघि अनैतिकता रोक्ने नाममा फाइबर–अप्टिक इन्टरनेट जडानहरू काट्न थालिएको थियो । मोबाइल…