काठमाडौँ, १३ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वहरू राष्ट्रिय एकता, सामाजिक घनिष्टता, आध्यात्मिक चेतना र सांस्कृतिक निरन्तरताका संवाहक भएको बताएका छन् । विजया दशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले सुनिश्चित गरेका अधिकारहरू, नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वप्रति जनताको अपेक्षा थप प्रगाढ बनाउन विजया दशमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । संविधानको पालना, संरक्षण र कार्यान्वयनका…