विद्युतीय सामग्री उत्पादन गरी विद्युत् खपत बढाउनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ, ८ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विद्युतीय सामग्रीको उत्पादन गरी विद्युत्को खपत वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारकाले विराटनगर, इटहरी र झापाको सुरुङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ स्टेसनको आइतबार विराटनगरमा एकसाथ उद्घाटन गर्दै उनले विद्युत् प्रयोग हुने सामग्री स्वदेशमा उत्पादन गर्न उद्योगी समक्ष आग्रह गरे । मुख्यमन्त्री कार्कीले…