काठमाडौँ, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुरस्कारका लागि आवेदन पेस गर्न आग्रह गरेको छ । पुरस्कारका लागि सम्बन्धित क्षेत्रमा योगदान पुर्याएका योग्य व्यक्तिले आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । बीपी कोइराला राष्ट्रिय पुरस्कार, इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार र योगमाया राष्ट्रिय पुरस्कार २०८० का लागि आवेदन दिन भनिएको छ । …