संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा छायो: राष्ट्रपति पौडेल

काठमाडौँ, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले गरेको व्यवस्था अनुसार कानुनहरू बनाएर जनतालाई अधिकार दिन ढिला हुँदा जनतामा निराशा बढेको भन्दै त्यसतर्फ राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् । माघी पर्वका अवसरमा लन्चसहित सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले संविधानले जनतालाई दिएको अधिकार बेजोड भए पनि कानुन बनाएर कार्यान्वयनमा लैजान ढिला भएकोमा…