कैलाली, २७ पौष । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताएका छन् । शुक्रवार नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ द्वारा आयोजित भेटघाट कार्यक्रममा कांग्रेस उपसभापति समेत रहेका खड्काले सरकारले मध्यमस्तरको काम गरिरहेको बताए । जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता…