काठमाडौँ, २२ पौष । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ। बैठकमा पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको सिट बाँडफाँटबारे भएका छलफलबारे समितिका सदस्यहरूलाई ब्रिफिङ गराउनेछन् । माघ ११…