राजनीति

लाइसेन्स छपाइको काम छिटै अघि बढ्छ : मन्त्री ज्वाला



काठमाडौँ, २१ पौष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम छिटै अघि बढ्ने बताएका छन् ।

आज काठमाडौँमा नेपाल ट्रक यातायात व्यवसायी महासंघद्वारा आयोजित कार्यक्रममा उनले छिट्टै ६ लाख कार्ड आउने टुंगो लागेको जानकारी दिए । त्यो आएपछि दैनिक तीन हजार कार्ड छपाइ हुने उनको भनाइ छ ।

मन्त्री ज्वालाले १६ लाख कार्डका निम्ति टेन्डर गरिएको भन्दै त्यो तीनचार महिनामा टुंगो लाग्ने बताए । मुलुकका सडकलाई धुलोरहित बनाउने तयारी भइरहेको उनले उल्लेख गरे । सुरुङमार्ग, द्रुतमार्गलगायत राजमार्ग निर्माणको कामले तीव्रता पाएको र सरकारको हस्तक्षेपले नै सकारात्मक नजिता देखिन थालेको उनले जिकिर गरे ।