काठमाडौँ, १८ पौष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकार एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताए पनि गठबन्धनको प्रमुख दल कांग्रेसका कारण तत्कालका लागि रोकिने भएको छ । सरकारका केही मन्त्रीका कामप्रति असन्तुष्ट दाहालले एक वर्षको समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेर गर्ने बताएका थिए । कांग्रेस तत्काल मन्त्री फेर्न अनिच्छुक भएपछि हाललाई त्यसमा ब्रेक लागेको हो । मन्त्रिपरिषद्…