ललितपुर, १७ पौष । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ सम्म एक घर एक धारा पुर्याउने गरी लक्ष्य निर्धारण गरेको छ । गाउँपालिकाका प्रत्येक घरमा चार वर्षभित्रमा खानेपानीको धारो पुर्याउने गरी लक्ष्य निर्धारणा गरेको हो । गाउँपालिकाले वार्षिक क्यालेण्डरलाई आवधिक गर्ने, कर्मचारीलाई उपयुक्त समय सापेक्ष पुनताजकी तालिम प्रदान गर्ने, विस्तृत परियोजा प्रस्ताव अन्य प्रतिवेदन अद्यावधिक…