गृहमन्त्री श्रेष्ठद्वारा बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार

काठमाडौँ, १६ पौष । प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको बताए । ‘इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक देखिएन,…