काठमाडौँ, १६ पौष । नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो। यसअघि कांग्रेसले मेलमिलाप दिवस आन्तरिक रुपमा मात्र गर्दै आएका थियो । गत वर्ष देशभर केन्द्रीय प्रतिनिधि…