सङ्घीयता कार्यान्वयनमा सकारात्मक सुरुवात भएको छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा, १२ पौष । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीयता कार्यान्वयनमा सकारात्मक सुरुवात भएको बताएका छन् । आज हेटौँडा तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीयता कार्यान्वयनको विषयमा तिनै तहका सरकारले सकारात्मक ढंगबाट काम गरेको बताए । विश्वमा सङ्घीयता कार्यान्वयन गरेका मुलुकहरूको मोडल आफ्नै प्रकृतिको रहेको र नेपालले पनि आफ्नै भूगोलमा विशिष्ट…