कांग्रेसको मधेस प्रदेश सम्मेलन आज

काठमाडौँ, ५ पौष । नेपाली कांग्रेसको पहिलो पटक प्रदेशस्तरीय सम्मेलन आज हुँदै छ । प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् । सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना…