काठमाडौँ, ४ पौष । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमले सार्वजनिक गरेको एसिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताए । नेपालको आन्तरिक र बाह्य कारणले केही ढिलो जस्तो देखिए पनि…