सरकार साम्प्रदायिकताको जगबाट उठेको छ : अध्यक्ष ओली

ओखलढुंगा, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेको आरोप लगाएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेकाले उसले समाजमा साम्प्रदायिकतालाई मलजल गरिरहेको बताएका हुन् । उनले एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने बताए ।…