काठमाडौंका १५ पुल झकिझकाउ पार्दै महानगर

काठमाडौँ, २५ मंसिर । काठमाडौं महानगरपालिकाले राजधानीका १५ वटा पुललाई सौन्दर्यीकरण गर्ने भएको छ। बालाजुस्थित विष्णुमती पुल सौन्दर्यीकरण गरी सौन्दर्यीकण कार्यक्रम शुरू गरेको कामपाले सोही पुललाई आधार मानेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्न लागेको हो । कामपा हरियाली प्रवर्द्धन तथा पार्क आयोजनाका निर्देशक नवराज थापाका अनुसार धोबीखोला, वागमती, विष्णुमती, मनोहरा र इच्छुमती पुलमाथि सौन्दर्यीकरण गर्न लागिएको…