वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउने संस्थाहरूले पुस मसान्तभित्र नवीकरण गर्नुपर्ने

काठमाडौँ, १६ मंसिर । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुले पुस मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने भएको छ । १५ हजार रुपैयाँ नवीकरण दस्तुर तिरेर पुस मसान्तभित्र नवीकरण गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नवीकरणको लागि निवेदन दिँदा  सूचीकरण प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो नवीकरण भएको भए त्यस प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको कर…