अर्थ

काठमाडौँ महानगरद्वारा २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)



काठमाडौँ, १६ मंसिर । काठमाडौँ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने भएको छ ।

महानगरपालिकाले  आज एक सूचना जारी गर्दै करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको हो । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०।०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण गर्ने महानगरले जनाएको छ ।