काठमाडौँ, ११ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा गठित लेखा समितिमा चार जना सदस्य मनोनित गरेका हुन् । मनोनित हुनेमा धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्की रहेका छन् । सभापति देउवाले गत वर्ष साउन…