काठमाण्डौ,१२ मसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको महोत्तरीको जलेश्वरमा सोमबारदेखि जारी संयुक्त बैठकमा संसदीय दलका तर्फबाट संसदीय कामको प्रतिवेदन प्रस्तुत गरिएको छ। प्रमुख सचेतक सन्तोष परियारले मंगलबार प्रस्तुत गरेको संसदीय दलको प्रतिवेदनमा पार्टीका सांसदहरू आत्मकेन्द्रित र प्रचारमुखी भएको उल्लेख गरिएको हो। ‘प्रतिनिधिसभाको दोस्रो अधिवेशन जुन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय जीवनको पनि दोस्रो अधिवेशन हो त्यो समग्रमा…