काठमाडौँ, ४ असोज । कांग्रेस कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी मंसिरभित्र पार्टीको १५औँ महाधिवेशन वा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । तर, सभापति शेरबहादुर देउवा पक्षका नेता र वरिष्ठ नेता डा. शेखर कोइरालाले यस विषयमा केन्द्रीय कार्यसमितिको निर्णयमार्फत जानुपर्ने भन्दै असहमति जनाएका छन् । तत्कालको अवस्थामा पार्टीभित्र सहमति–एकतामा जोड दिनुपर्ने…