राष्ट्रपति पौडेलद्वारा पलान्चोक भगवतीकाे दर्शन

काभ्रे, ५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल आएका थिए । बडा दसैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित…