विराटनगर, १ कार्तिक । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको बताएका छन्। प्रदेश सभामा विश्वासको मत माग्दै उनले राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेको बताएका हुन्। ‘सरकार गठनको अन्तिम विकल्प, संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री तथा सरकार गठनको अप्ठ्यारो अवस्थाको सामनाका लागि प्रदेश सभा सदस्यले देखाउनुभएको सदासयताप्रति आभार…