राजनीति

माछापुच्छ्रे गाउँपालिकामा खादा पूर्ण निषेध



पोखरा, १ कार्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले खादा प्रयोगलाई पूर्ण: निषेध गरेको छ ।

पालिकाले मंगलबार एक सूचना जारी गरी कडाइका साथ खादा प्रयोगलाई निषेध गर्न उर्दी जारी गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उक्त व्यवस्था गरेको थियो । खादा प्रयोग निरुत्साहित गर्दा पालिकामा स्थानीय उत्पादनको खपत बढ्ने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।

अध्यक्ष मीनबहादुर गुरुङले भने, ‘यसपालिका भित्र सञ्चालन हुने जुनसुकै कार्यक्रम, सभा, गोष्ठी, बैठक आदीमा अतिथि सत्कार गर्दा पालिकाभित्र उत्पादन हुने फूल र अन्य वैकल्पिक सत्कारका बस्तु प्रयोग गर्नुहोला । खादा प्रयोग अब पालिकाको तर्फबाट पनि हुँदैन, नागरिकलाई पनि गर्न दिइन्न ।’