काेराेन भाइरसबाट मर्नेकाे भन्दा निकाे हुनेकाे संख्या ६ गुणा बढी

काठमाडौँ, ६ जेठ । कोरोनाभाइरस (काेभिड-१९) संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा झण्डै ६ गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २० हजार १२५ पुगेकाे छ । संक्रमित हुनेकाे संख्या भने ४८ लाख ९० हजार ६६४ पुगेकाे…