एजेन्सी, ६ बैशाख । इम्पेरियल कलेज लन्डनले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्टले यस वर्ष कोरोना भाइरसबाट अफ्रिकामा तीन लाख बढी मानिसको मृत्यु हुनसक्ने देखाएको छ । अफ्रिकाको संयुक्त राज्य आर्थिक आयोगले दिएको प्रतिवेदनका अनुसार भाइरस विरूद्ध कुनै हस्तक्षेप नभएको खण्डमा तथा सबैभन्दा खराब अवस्थामा अफ्रिकामा ३.३ मिलियनको मानिसको मृत्यु र १.२ बिलियन मानिसमा संक्रमण देखिनसक्छ…