एजेन्सी, २५ मंसिर । अन्टाक्र्टिकातर्फ उडेको ३८ जना सवार चिलियन एयरफोर्सको कार्गो विमान सोमबार बेपत्ता बनेको छ । हर्कुलस सी१३० विमान चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा उडेको थियो । उडान भरेपछि करिब ६ बजे विमानसँग सम्पर्क विच्छेद भएको रोयटर्सले जनाएको छ । विमानमा कूल ३८ जना सवार रहेको…