एजेन्सी, ४ मंसिर । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । सोमबार दिउँसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए…