एजेन्सी, १ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि सकारात्मक भएको तर केही सर्तहरु रहेको बताउनुभएको छ । अमेरिकासँगको वार्तामा युक्रेनले ३० दिने युद्धविरामको योजनामा सहमत जनाएको सन्दर्भमा रुसको जवाफ आएको हो । पुटिनले युद्धविरामको विचारसँग सहमत भएको तर यसबारे केही सर्तहरू राख्दै युद्धविरामको प्रकृतिको बारेमा प्रश्नहरू बाँकी रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।…