एजेन्सी, २३ असार । कोपा अमेरिका २०१९ को उपाधि आयोजक ब्राजिलले जितेको छ । नेपाली समय अनुसार सोमबार राति मार्कना फुटबल मैदानमा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले हराउँदै ब्राजिलले उपाधि हात पारेको हो । यो सँगै ब्राजिलले नवौंपटक कोपाको उपाधि जित्न सफल भएको छ । ब्राजिल सर्वाधिक धेरै कोपा जित्ने तेस्रो टिम हो ।