एजेन्सी, १४ वैशाख । श्रीलंकामा सुरक्षाकर्मी र ‘संदिग्ध’ विद्रोहीबीच भएको झडपमा कम्तीमा १५ जनाको मृत्यु भएको जनाइएको छ । पूर्वी तटीय क्षेत्रमा शुक्रबार साँझ अम्पारा जिल्लाको कलमुनाईमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेहरुमा ६ बालबालिका, ४ बन्दुकधारी, १ नागरिक सहित १५ जना रहेका छन् । झडपमा तीन जना आत्मघाती आक्रमणकारीहरुको…