पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला

एजेन्सी, ११ मंसिर । पाकिस्तानमा लगातार ‘आतंकवादी’ हमला भइरहेको छ । आक्रमणमा ठूलो संख्यामा सुरक्षाकर्मी र नागरिकको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा बुधबार एक जाँचचौकीमा ‘आतंकवादी’ले भीषण हमला गरेका छन् । उक्त आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु पुष्टि भएको छ । यो हमला पाकिस्तानको खैबर पख्तुनख्वाको हंगु जिल्लास्थित काजी तालाब प्रहरी जाँचचौकीमा भएको जनाइएको छ…