काठमाडौं, २७ पौष । पोर्चुगलका फुटबल खेलाडी क्रिस्ट्रियानो रोनाल्डोविरूद्ध लागेको बलात्कार मुद्दामा प्रहरीले अनुसन्धान गरि डिएनए संकलन गर्ने भएको छ । पूर्वमोडल तथा शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९मा लसभेगासको एक होटलमा रोनाल्डोले आफूलाई जबरजस्ती गरेको आरोप लगाएकी छन् । सोही विषयमा परेको मुद्दामा अनुसन्धान गर्न रोनाल्डोको डिएनए मागिएको लस भेगास प्रहरीले जनाएको छ । गत अगस्टमा उनका वकिलले…