बलिउडका चर्चित गायक मिका सिंह पक्राउ

काठमाडौं, २१ मंसिर । बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईमा प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। ब्राजिलकी १७ वर्षकी एक किशोरीले गायक मिकाले आफूलाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएपछि उनलाई  प्रहरीले पक्राउ गरेको हो । मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ ।