कार्तिक १२, एजेन्सी । बलिउडका स्टार अर्जुन रामपालकी आमा ग्वीन रामपालको निधन भएको छ । लामो समयदेखि स्तन क्यान्सरबाट पीडित ग्वीनको ६७ वर्षको उमेरमा मुम्बाईस्थित एक अस्पतालमा उपचारको क्रममा आइतबार निधन भएको जनाएको छ। ४ वर्ष अघिदेखि ग्वीनलाई ट्रिपल नेगेटिभ स्तन क्यान्सर रहेको भेटिएको थियो ।