साउदी अरबको पत्रकार खसोग्गी मारिएको दावी

असोज २२, एजेंसी ।  साउदी अरबको  पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित  बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन् । साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए । साउदी सरकारका स्थापित आलोचक खसाेग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक थिए । विवाह दर्ताका…