चीनमा ६.१ म्याग्नेच्यूडको भूकम्प

एजेन्सी, १९ जेठ । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा गएको ६.१ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । बुधबार दिउँसो गएको भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।…